दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रूपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताएका छन् । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरी आज आयोजित आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षामा उनले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई सहज रूपमा छिटो सेवा उपलब्ध हुने