हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यकः  सांसद थापा

  • बिहीबार २५ भौ २०८३ ०९:०५ AM
काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिले नेपालको पूर्वसूचना प्रणाली, उद्धार क्षमता र पूर्वाधार निर्माणको मोडलमाथि नै प्रश्न खडा गरेको पनि बताए