काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। ग्यास आपूर्ति, व्यवस्थापन र वितरणलाई लिएर उत्पन्न परिस्थिति सम्हाल्न नसकेपछि मन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन्। उनको सचिवालयका अनुसार मन्त्री यादवले बिहीबार अपरान्ह प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।