सन्दीप र दीपेन्द्र चम्किँदा ओमान ६० रनमै अलआउट, नेपालले उपाधिका लागि यूएईसँग भिड्ने

  • बिहीबार २५ भौ २०८३ ०७:२७ AM
काठमाण्डु– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ। नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रामानन्दीले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो