काठमाण्डु– विपक्षी दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सरकारका मन्त्रीहरूको कार्यशैलीको आलोचना भएको छ । काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेको आह्वानमा बसेको विपक्षी दलको बैठकमा नागरिकका दैनिक समस्या समाधान गर्न नसकेकोदेखि बाढीपीडितको उद्धार तथा राहतमा सरकारको भूमिकासम्मलाई लिएर बैठकमा प्रश्न उठाइएको हो । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारका मन्त्रीहरू जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको