काठमाण्डु– गत अगस्ट पृथ्वीको अहिलेसम्मकै सबैभन्दा तातो महिना बनेको युरोपेली जलवायु सेवा कोपर्निकसले जनाएको छ। मानव सिर्जित जलवायु परिवर्तन र असामान्य रूपमा शक्तिशाली एल निनोको दोहोरो प्रभावका कारण पृथ्वी अहिलेसम्मकै सबैभन्दा तातो भएकाे पाइएकाे हाे । अगस्टको अत्यधिक गर्मीका कारण विश्वसहित अमेरिकाले पनि वैज्ञानिकहरूले अहिलेसम्म मापन गरेको उत्तरी गोलार्धकै सबैभन्दा तातो गर्मी अनुभव गरेको जनाइएको