काठमाण्डु– प्रसूति व्यथा लागेर अस्पताल पुगेकी राजविराजकी एक महिलालाई पैसा नभएको भन्दै २ स्पतालले भर्ना नलिँदा सडकको फुटपाथमै शिशु जन्माएको विषय प्रतिनिधिसभामा उठेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र कर्णले उक्त विषय उठाएका हुन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले आर्थिक