ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा अखिल क्रान्तिकारीका विद्यार्थीहरूले सडकमा खाना पकाएर प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेका हुन् । ग्यासको सहज आपूर्ति हुन नसकेको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउन सडकमा खाना पकाएर विरोध जनाएका हुन् । प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास आपूर्ति सहज बनाउन तथा