काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले ग्यास अभावको विरोधमा सडकमै खाना पकाएर सरकारको सांकेतिक विरोध गरेको छ । लामो समयदेखि ग्यासको अभाव भोगिरहेको अवस्थामा अखिल क्रान्तिकारीले सडकमै दाउरा बालेर खाना पकाएको हो । बिहीबार बिहान काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) को मुल गेटमै खाना पकाइएको हो । ग्यास अभावबारे गरिएको