भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी परिवारले २५ लाख १० हजार राहत पाउने

  • बिहीबार २५ भौ २०८३ ०६:१३ AM
भोटेकोशी बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका नेपाल प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष, बीमा तथा संगठनबाट गरी कुल रु. २५ लाख १० हजारसम्म राहत तथा सुविधा पाउने भएका छन्। नेपाल प्रहरीले यो व्यवस्था तत्काल प्रक्रिया अगाडि बढाएको जनाएको छ। नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट तीन लाख रुपैयाँ राहत र किरिया