नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित समुदायको सहायताका लागि १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्दवार कोषमा उक्त रकम सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाएको छ । The post बाढी प्रभावितलाई नेपाल एसबिआई बैंकद्वारा १ करोड ३१ लाख सहयोग appeared first on Businesspana.