काठमाडौँ । आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रायः सबै मुख्य नदी प्रणालीमा बहाव बढ्ने अनुमान छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ। महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदी प्रणालीका सम्पूर्ण क्षेत्रहरूमा जलसतह उल्लेख्य बढ्ने छ। त्यसैगरी कन्काई, बबई र पश्चिम राप्ती नदीमा पनि तीनै दिन जलसतह निरन्तर बढ्ने अनुमान ... The post २३ जिल्लामा बाढीको मध्यम जोखिम appeared first on Kalika Khabar.