एजेन्सी । दुई वर्षदेखिको युद्धविराम तोडिए पछि यमन पुनः क्षेत्रीय द्वन्द्वको भुमरीमा फसेको छ। यमनका हुथी विद्रोही र साउदी गठबन्धनबीच सीमापार आक्रमणको नयाँ शृंखला सुरु भएसँगै विश्व व्यापारको संवेदनशील जलमार्ग ‘बाब अल-मन्दाब’ क्षेत्रमै भीषण लडाइँ चर्किएको हो। हुथी सैन्य प्रवक्ता याह्या सारियाले पछिल्लो १२ घण्टाभित्र यमनका विभिन्न ६ वटा प्रान्तमा साउदी लडाकु विमानहरूले ५५ पटक