एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • बिहीबार २५ भौ २०८३ ०५:११ AM
काठमाण्डु– एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको योगदान दिए। उनीहरूबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओपनर देव खनालले