काठमाडाैं । गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि पूर्ण रूपमा बन्द भएको धरानस्थित भाटभटेनी सुपरस्टोरले करिब एक वर्षपछि पुनः सेवा सुरु गरेको छ । आन्दोलनका क्रममा धरान, विराटनगर, दमक, बिर्तामोडलगायत देशका विभिन्न स्थान तथा काठमाडौं उपत्यकाका अधिकांश भाटभटेनी आउटलेटमा आगजनी र तोडफोड भएको थियो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ नेकपा एमाले निकट रहेको