बाजुरा । मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेकन कार्यक्रम सञ्चालन गरिन्छ । जनचेतनाका लागि भन्दै राजधानी काठमाडौँ र देशका ठूला सहरमा गोष्ठी, सेमिनार पनि हुने गर्छन् । सचेतनाका अनेकन कार्यक्रम सञ्चालन गरिएका छन् । सरकारले सुरक्षित मातृत्वका लागि सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर त्यस्ता कार्यक्रमले बाजुरामा हालसम्म प्रभाव पार्न नसकेको पाइएको