बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती

  • बिहीबार २५ भौ २०८३ ०३:४२ AM
गोरखा । बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा धेरै महँगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको व्यावसायिक खेती सुरु भएको हो । स्थानीय उहिया कृषक आमासमूहको नेतृत्वमा वर्षौंदेखि बाँझो बसेका पाखा, पखेरामा मार्सी धानको खेती सुरु गरिएको समूहकी