काठमाडौँ। आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ। कार्यशाला सामाजिक कार्य संघ नेपाल र एसोसिएसन अफ इन्टरनेसनल सोसल वर्कर्सको संयुक्त आयोजना तथा तोशिबा इन्टरनेसनल फाउन्डेसनको सहयोगमा सञ्चालन भएको हो। कार्यशालाको सुरुवात जेन–जी पुस्ताका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा स्मरण गरिएको थियो। देश र समाजका लागि आफ्नो आवाज उठाउने क्रममा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै सहभागीहरूले मौनधारणसमेत गरेका थिए। दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा मानव संसाधन विकास, आर्थिक आत्मनिर्भरता, महिला सशक्तीकरण, सामाजिक कार्यको व्यावसायिक विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलगायतका विषयमा विभिन्न ज्ञानमूलक तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन भएका थिए। विभिन्न सत्रमा डा