रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त

  • बिहीबार २५ भौ २०८३ ०३:२७ AM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको स्वकीय सचिवमा पत्रकार डेनिस थापामगर नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाका आधारमा संघीय संसद् सचिवालयले आह्वान गरेको विज्ञापनअनुसार थापामगरलाई बुधबार स्वकीय सचिव पदमा नियुक्ति दिइएको हो। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ निवासी थापामगर लामो समयदेखि पत्रकारिता तथा शिक्षण पेसामा सक्रिय रहँदै आएका छन्। उनले सञ्चार क्षेत्रमा रहेर समाचार सम्प्रेषण तथा व्यवस्थापनसँगै शिक्षण क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्। थापामगर सोलुखुम्बुस्थित हिमाल एफएम ९०.२ मेगाहर्जमा व्यवस्थापक (म्यानेजर) का रूपमा समेत कार्यरत थिए। सञ्चार क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका उनलाई खुला प्रतिस्पर्धाबाट सांसद पोखरेलको स्वकीय ... The post रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त appeared first on Kalika Khabar.