सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने

  • बिहीबार २५ भौ २०८३ ०४:०० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका ६ जनाको उद्धारको सम्भावना अझै जीवित रहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै न्यौपानेले ‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ–सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ भनेका हुन् । उनका अनुसार बुधबार अस्थायी सडकलाई सुरुङको मुखसम्म पुर्‍याएर उत्खनन यन्त्र र माटोढुंगा उठाउने यन्त्रमार्फत रात्रीकालीन पालो सञ्चालन गरी चौबीसै घण्टा सुरुङभित्रको लेदो बाहिर निकाल्ने योजना बनाइएको थियो । तर विद्युत् जडानमा भएको ढिलाइसँगै पहिरो, दलदल तथा विस्फोटसम्बन्धी गतिविधिका कारण सडक विस्तारको काम सुरुङको मुखसम्म पुग्न सकेन । बिहीबार थप दुई वटा उत्खनन यन्त्र घटनास्थलमा ... The post सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने appeared first on Kalika Khabar.