राँझा । लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रक्रियालाई व्यावहारिक बनाउने तयारी गरिएको छ । बाँकेको जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालको बुधबार अनुगमन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले निजी स्वास्थ्य संस्थाको दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाइने बताए । उनले विगतमा प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानलाई हाल तीन वर्ष बनाइएको उल्लेख गरे