काठमाण्डु– ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण गरिएको २ हजार ५०६.३९ मिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि–४ छहरीस्थित अडिटदेखि खाम्लास्थित बाँधतर्फको सुरुङ बुधबार जोडिएको हो। आयोजना प्रमुख ज्योतिरकुमार केसीका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ। बाँकी सुरुङ केही महिनाभित्र र आयोजना