काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७ः१५ बजे सुरु हुनेछ । समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै