असोज ३ गतेदेखि उपत्यकामा २८ रात्रि बस ६ वटा नयाँ रुटमा चल्ने

  • बुधबार २४ भौ २०८३ ०३:३८ PM
काठमाडौँ । संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बिचको बैठकले यो