श्रीपुर प्रहरीको कार्यक्षेत्रमा घरेलु मदिरा र गाँजाको कारोबार खुलेआम भइरहेको स्थानीयको आरोप, प्रहरीको भूमिकामाथि प्रश्न

  • बुधबार २४ भौ २०८३ ०३:१२ PM
वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुरको कार्यक्षेत्रमा घरेलु मदिरा बिक्री–वितरण, लागुऔषध गाँजाको कारोबार तथा विभिन्न प्रकारका तस्करीजन्य गतिविधि खुलेआम भइरहेको स्थानीयवासीले आरोप लगाएका छन्। पटक–पटक प्रहरीलाई जानकारी गराउँदा समेत प्रभावकारी कारबाही नभएको भन्दै स्थानीयले प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। स्थानीयवासीका अनुसार श्रीपुर प्रहरीको क्षेत्रअन्तर्गतका विभिन्न स्थानमा घरेलु मदिरा खुलेआम बिक्री भइरहेको छ भने केही ठाउँमा गाँजा लगायतका लागुऔषधको कारोबारसमेत हुने गरेको दाबी गरिएको छ। यस्ता गतिविधिबारे प्रहरी निरीक्षक तथा सम्बन्धित प्रहरी अधिकारीलाई पटक–पटक जानकारी गराउने प्रयास गरे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। स्थानीयको दाबीअनुसार समस्या रहेको भनिएका स्थानमा पुगेर प्रहरी निरीक्षकलाई ... The post श्रीपुर प्रहरीको कार्यक्षेत्रमा घरेलु मदिरा र गाँजाको कारोबार खुलेआम भइरहेको स्थानीयको आरोप, प्रहरीको भूमिकामाथि प्रश्न appeared first on Kalika Khabar.