काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनजीविकाका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् । बुधवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले सरकारले ठूलाठूला विकास र सुशासनको दाबी गरे पनि व्यवहारमा नागरिकले त्यसको अनुभूति गर्न नसकेको बताएका हुन् । विशेषगरी खाना पकाउने ग्यासको अभाव र बजारमा बढिरहेको मूल्यवृद्धिले आम नागरिक