देउवाको दाबी- ‘आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँ’

  • बुधबार २४ भौ २०८३ ०२:०९ PM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सदस्यहरूको आधिकारिक पहिचान बिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गरेका हुन् । पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उनको भनाइ छ ।