कर्मचारीतन्त्र चलेका छन्, मलाई काम गर्न अफ्ठ्यारोमा पारे : उद्योगमन्त्री

  • बुधबार २४ भौ २०८३ ०१:३६ PM
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले मन्त्रालयका कर्मचारीहरूले आफूलाई काम गर्न नदिएको आरोप लगाएकी छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री कुमारीले मन्त्रालयका कर्मचारीहरूले उद्योगी व्यवसायीसँगको मिलेमतोमा काम गर्ने गरेको आरोप लगाएकी हुन् । उनले आफूले उद्योग क्षेत्रमा सुधार गर्न खोज्दा सबैको आँखाको तगारो बन्न पुगेको बताइन्