सुधन गुरुङलाई वर्षमान पुनको प्रश्न– पुरानालाई जनताले दण्डित गरिसके, अब के देखाइदिने हो ?

  • बुधबार २४ भौ २०८३ ०१:३९ PM
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले वर्तमान सरकार जेनजी पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सरकारमा बसेकाहरूले नागरिक समाज तथा अन्य राजनीतिक दलसँग समेत संवाद गर्न नचाहेको बताए । सरकार एक्लैले मात्र राज्य सञ्चालन गर्न सम्भव नहुने भन्दै उनले सबै पक्षसँग