परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • बुधबार २४ भौ २०८३ ११:२४ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरे । सो अवसरमा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र