काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले नयाँ अनुहार सरकारमा आउँदैमा मात्रै नयाँ राजनीति स्थापित नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै परियारले सरकार परिवर्तनभन्दा शासनको चरित्र परिवर्तन महत्वपूर्ण रहेको बताएका हुन् । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनलाई उनले वर्षौंदेखि नेपाली समाजमा थुप्रिएको असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या