राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पूर्वसभामुख भुवनकुमार पाठकसहित ५ जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न सिफारिस गरेको छ । राप्रपा संसदीय दलका मुख्य सचेतक डम्बर तामाङले बागमती प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै पार्टी विधान र संसदीय दलको विधानअनुसार ती सांसदहरूलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरी कारबाही अघि बढाउन