विजयनगर गाउँपालिकाका सडक आसपास वृक्षरोपण, ७० हजार बिरुवा निःशुल्क वितरण

  • बुधबार २४ भौ २०८३ १०:४७ AM
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका सडक, डिभाइडर, विद्यालय परिसर तथा सार्वजनिक स्थललाई हराभरा बनाउने लक्ष्यसहित गौतम बुद्ध साझेदारी वन उपभोक्ता समूह, विजयनगर–१, उज्ज्वलपुरले करिब ७० हजार बिरुवा निःशुल्क वितरण तथा रोपण अभियान अघि बढाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा वन क्षेत्र विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत स्थानीय हावापानी, माटो र क्षेत्रको आवश्यकताअनुसार विभिन्न प्रजातिका बिरुवा वितरण तथा रोपण भइरहेको समूहले जनाएको हो । अभियानमा सहगुन, जामुन, महुवा, निम, खैर, सितलचिनी तथा विभिन्न फूल प्रजातिका बिरुवा समावेश छन्। सडक किनारा, डिभाइडर, विद्यालय परिसर, सार्वजनिक क्षेत्र तथा खाली ... The post विजयनगर गाउँपालिकाका सडक आसपास वृक्षरोपण, ७० हजार बिरुवा निःशुल्क वितरण appeared first on Kalika Khabar.