काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रोपटक एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्ने तयारीमा छ । नेपाल समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र ओमानबीचको महत्वपूर्ण खेल बिहीबार हुनेछ । एसोसियट क्रिकेटमा यी दुई टोलीबीचको खेल बहुप्रतिक्षित मानिन्छ । विगतको निर्णायक खेलहरूमा ओमान बाधक बनेकाले यसपटक नेपालले