सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले जेनजी आन्दोलनका शहीदहरूले कहिले न्याय पाउँछन् भन्दै सरकारसँग प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी शहीदको स्मृतिमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभएको भन्दै असन्तुष्टिसमेत जनाइन् । उनले जेनजी शहीदहरूका विषयमा बोलिदिन आग्रह गर्दा