न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

  • बुधबार २४ भौ २०८३ ०९:१८ AM
काठमाडाैं । मारुती सुजुकीका गाडीको आधिकारिक बिक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा उनीहरूका परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।