काठमाण्डु – प्रतिनिधिसभा बैठकमा ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन् । मन्त्री गौतमले विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव सभासमक्ष राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावमाथि संसद्मा कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराएका थिए । त्यसपछि