गए रातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गए राति गएको पाँच दशमलव ३ म्याग्नेच्युड स्केलको भूकम्पले लोमान्थाङ–३ फुवा गाउँको एक घरको छत र पर्खाल भत्किएको छ । ढुङ्गा र माटोले निर्मित उक्त घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति भने