काठमाडौं । रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै आपत्ति जनाइन् । निमन्त्रणा दिएर आउन, बोल्न आग्रह गरेको पनि उल्लेख गरिन् । बिहान ७ बजेदेखि आग्रह गर्दा पनि साँझ ७ बजेमात्रै स्टाटस आएको भन्दै उनले आपत्ति जनाइन् । ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । जेनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो,’ उनले भने, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा भन्दा बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’ उनले सोही प्रसंगमा सरकारलाई थप दुई प्रश्न गरेकी छिन् ।‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु । शहीदले न्याय कति वर्षमा पाउँछ सरकार