युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण, चार जना घाइते

  • बुधबार २४ भौ २०८३ ०९:०४ AM
ठमाडौं । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जालमार्फत किएभको एक अपार्टमेन्ट भवनमा रुसी ड्रोन ठोक्किँदा चार जना घाइते भएको बताएका हुन् । जेलेन्स्कीका अनुसार घटनापछि उद्धारकर्मीले तत्काल उद्धार तथा आगो नियन्त्रणको काम गरेका थिए । रुसी आक्रमणबाट ओडेसा क्षेत्रमा मोल्डोभासँग जोडिएको अन्तर्राष्ट्रिय स्टारोकोजाचे सीमा नाका पनि प्रभावित भएको उनले बताएका छन् । आक्रमणपछि उक्त सीमा नाकाको सञ्चालन स्थगित गरिएको छ । सीमा नाकामा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको तथा तीन जना घाइते भएको ... The post युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण, चार जना घाइते appeared first on Kalika Khabar.