काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई संस्कार परिवर्तनका लागि भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका हुन्।केसीले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टिप्रति भएको उल्लेख गरे ।