काठमाण्डु– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका नागरिकका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ। आपत्कालीन अवस्थामा प्रभावित नागरिकलाई राख्न सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका नागरिकलाई अब केही हप्ताभित्रै परिवारअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी सरकारले गरेको हो। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले