काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा विद्युतीय यातायातको विस्तारलाई आर्थिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । ललितपुरमा बुधवार आयोजित यातायात तथा पूर्वाधारसम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियममा बोल्दै सचिव सिग्देलले नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई यातायात क्षेत्रमा उपयोग गर्नसके जीवाश्म इन्धनको आयात निर्भरता घटाउनुका साथै मुलुकको ‘नेट जिरो’ प्रतिबद्धता पूरा गर्न