काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का बेला राज्यले नागरिकको जीवन रक्षाका लागि निरन्तर काम गरिरहेको बताएका छन्। बुधबार संसदमा सम्बोधन गर्दै उनले राज्य यतिबेला कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताएका हुन्। ‘राज्यले केही गरेन, राज्य कहाँ छ भनेर भनेको सुन्दछु। राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइदिदीबहिनीहरूको छहारी बन्न