सरकारलाई अर्जुननरसिंह केसीको प्रश्न– जेनजीले खोजेको नेपाल बन्यो ?

  • बुधबार २४ भौ २०८३ ०८:४८ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका सहिदहरूले परिकल्पना गरेको नेपाल निर्माण गर्न सरकार सफल भयो कि भएन भन्दै प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभएको बताएका हुन् । आन्दोलन राजनीतिक संस्कार परिवर्तन, सुशासन र दण्डहीनताको अन्त्यका लागि भएको उनको भनाइ थियो