नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले बाढीमा आफन्त सम्पर्कविहीन भएपछि सयौँ परिवार पीडामा रहेको बताइन्। उनले यो प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय