काठमाण्डु – युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितका लागि चौथो लटमा ३८ टन राहत पठाएको छ । मानवीय सहायता अभियानअन्तर्गतको राहत सामग्री काठमाण्डु आइपुगेको छ । योसँगै यूएईले कुल १८६ टन राहत सामग्री नेपाललाई उपलब्ध गराएको छ । चौथो लटमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज समावेश छन् । यूएईले खाद्यान्न, आश्रय, स्वास्थ्य