खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवर्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको हो । नेपाल सरकारले निर्धारण गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन मङ्गलबार जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको