काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले सम्माननीय प्रधानमन्त्री बालेनले यो छलफल सुरु गरेका हुन् ।