शहिद परिवारले शालिकको अनुहारमा प्रश्न उठाएपछि अनावरण रोकियो, मन्त्रीहरु फर्किए

  • बुधबार २४ भौ २०८३ ०७:२१ AM
काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्माण गरिएका जेनजी शहिदहरूको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ । शहिदहरूको शालिकमा अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि बुधबार तय गरिएको अनावरण कार्यक्रम रोकिएको हो । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनमा शहिदसहिद भएका युवाहरूको शालिक निर्माण गर्ने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले गरेको थियो ।